Logo

लागूऔषधमा इन्स्पेक्टरसँगै पक्राउ परेका पाइलट कवि भुपि शेरचनका छोरा



काठमाडौं, १३ असार । इन्सपेक्टर रुद्र बहादुर शाहीसँगै लागूऔषध कारोबारमा एक पाइलट पनि पक्राउ परेका छन् । कवि भूपी शेरचनका छोरा पाइलट भूपेश समेत पक्राउ परेका हुन् ।

शेरचन नेपाल एयरलाइन्सका पूर्वपाइलट समेत हुन्। डिप्रेसनमा आफू लागूऔषध कारोबारमा लागेको उनले बताएका छन् ।

काठमाडौंको नक्सालका भूपेश शेरचन र ज्ञानेश्वरका अविनास थपलियासँगै त्यहाँ पुगेका थिए। उनीहरुको साथबाट मनोद्दिपक लागुऔषध ६६० बोतल, नाइट्राभेट ११४० ट्याब्लेट, स्पास्मो प्रोक्स्भिोन क्याप्सुल ३३० थान र एक लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।सोही लागुऔषध डिलरका सञ्चालक सन्तोष शाह र उदयपुरको त्रियुगा नगरपालिका ११ बोक्सेका एलिसन बस्नेत पनि पक्राउ परेका छन्। तस्करी गिरोहमा इन्सपेक्टर शाहीको समेत प्रमुख भूमिका देखिएपछि पक्राउ गरिएको थियो ।

पक्राउ परेका इन्सपेक्टर शाही आफैं पनि दुव्र्यसनी हुन् । उनले कारमा राखेर तराईबाट लागूऔषध भित्राउने गरेको खुलेको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्