Logo

नेकपा स्थायी कमिटी बैठक सुरु, आज यी एजेण्डामा छलफल हुँदै



काठमाडौं, १३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ । गत बुधबारदेखि सुरु बैठकमा हिजोदेखि सिमा विवादबारे छलफल भैरहेको छ । हिजो १८ जना सदस्यहरुले आ आफ्नो धारणा राखेका थिए ।

बैठकमा सिमा विवाद, सरकार र पार्टीको कामको समिक्षा, एमसीसीलगायत विभिन्न ७ वटा एजेण्डामा छलफल हुँदैछ । यसअघि बैठकको सुरुकै दिनमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आफ्नो मन्तव्य दिएका थिए । बैठकको सुरुकै दिनमा अध्यक्षद्धयबीच चर्काचर्की परेको थियो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सरकारले धेरै राम्रा काम गरेको भनेर फेहरिस्त सुनाउँदै गर्दा बरिष्ठ नेता माधव कुमार नेपालले उनलाई बीचमै रोकेर ग्राउण्डमा गएर हेर्न सुझाएका थिए । बैठकको दोस्रो दिन हिजो भने प्रधानमन्त्री तथा अध्यक्ष ओली उपस्थित् भएनन् ।

उनी जरुरी काम परेकोले हिजोको बैठकमा उपस्थित् नभएको र अर्का अध्यक्ष दाहाललाई बैठक सञ्चालन गर्नु भन्ने सन्देश महासचिव विष्णुप्रसाद पौडेलमार्फत पठाएका थिए । तस्विर स्रोत : प्रधानमन्त्री ओलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्