Logo

कोरोनाबारे जिम्मेवार व्यक्तिहरुले जथाभावी बोल्दै हिंड्दा रोग झन भयावह हुनसक्छ- डा. ढुण्डिराज पौडेल



काठमाडौं, १३ असार । वरिष्ठ चिकित्सक प्राध्यापक डा. ढुण्डीराज पौडेल लकडाउनको आवश्यकता र अपरिहार्यतामा जोड दिन्छन् । कोरोना भाइरसको विषयमा विज्ञानले प्रमाणित गरेको विषयमा बंग्याएर बोल्न पनि नमिल्ने बताएका छन् । यसलाई उनले गम्भीरताका साथ लिएका छन् । यसै सेरोफेरोमा डा. पौडेलसँग रेडियो एनआरएनका लागि ऋषि धमलाले गरेको कुराकानीः
कोरोनाको रोकथाममा सरकारले चालेको कदम कति सफल भयो ?
सरकारले चालेको कदमको बारेमा यहाँलाई मैले सुरुमै भनेको छु । लकडाउनको राज्यबाट आदेश जारी भयो । त्यो आवश्यकता र अपरिहार्य पनि थियो । त्यसपछिका कुराहरु कतिपय उजोगर पनि भएका छन् र कतिपय सकारात्मक पनि छन् । तर, विज्ञानले प्रमाणित गरेका कुनैलाई कसैले पनि वाइपास गर्न मिल्दैन । झन् अहिले त लोकतान्त्रिक गणतन्त्रात्मक सरकार भएको बेलामा विज्ञानले प्रमाणित कुरालाई कसैले बंग्याएर बोल्न पनि मिल्दैन । सार्वजनिक अभिव्यक्ति दिन पनि मिलेन ।
प्रधानमन्त्रीले कोरोना बेसार पानीले निको हुन्छ त्यसैले बेसार पानी खानुस् भन्नुभएको होइन ?
त्यसले मानिसको मनोबल बढाउन, रोग प्रतिरोधात्मक क्षेमता बढाउन त्यस्ता कुराहरु हुन सक्छ । तर, यसले भयावह स्थिति सिर्जना गरिरहेको छ । त्यो अवस्थामा विज्ञानबाट प्रमाणित भएको भन्दा फरक विषयलाई लिएर बोल्दा जनतामा झन् नरात्मक असर पर्छ । यस्तो खेलाची खालका अभिव्यक्तिले गर्दा झन् रोग भयावह भएर माहामारी फैलिन सक्छ । यो रोगले विश्वमा धेरै भयावह अवस्था बनाएको छ । हामीको यस्तो खालको अभिव्यक्तिले रोग झन् भयावह अवस्थामा नपुग्ला भन्न सकिँदैन ।
हिजोको स्थायी समिति बैठकमा नेताहरुले रोगबाट बच्न घाँटीमा लगाउने कार्ड वितरण गरे, कोरोना जन्तर के हो त ?
विज्ञानले प्रमाणित गरेको कोरोना (कोभिड–१९) भनेको साँस रोक्ने रोग हो । यो भाइरस नाक र मुख हुँदै मानिसको शरीरभित्र प्रवेश गर्दछ । त्यसलाई रोक्न बाहेक अथवा नाक र मुखलाई संक्रमणबाट रोक्न बाहेक कुनै पनि कामहरुले एउटा मनोविज्ञानमा असर त पर्ला तर रोग लाग्न नदिने भनेर वैज्ञानिक आधारमा पुष्टि हुँदैन ।
अहिलेसम्म कोरोनाको औषधिहरु आएको छैन ?
अहिले नै भ्याक्सिन आउने सम्भावना पनि न्यून भएर गएको छ । भ्याक्सिनहरु अभैm पनि परीक्षणकै क्रममा छ । आशा गर्ने अवस्था पनि छैन ।
डाक्टरहरुले त औषधिहरु विस्तारै बन्दै छ भनेका छन् नि ?
यसलाई त यसरी लिन सक्छ । जस्तो एचआईभी (एड्स) को औषधिले पनि अहिलेसम्म संक्रमितको आयुवृद्धि गर्ने काम मात्रै गरेको छ । निमूल हुनेगरी अहिलेसम्म औषधि आइसकेको छैन । यसमा अझ भाइरसले आपूmलाई कुन रुपमा परिवर्तन गर्ला, कसरी अगाडि जाला भन्ने कुराकै निश्चित भएको छैन । अहिले पोलियो भाइरस निर्मूल भएको अवस्था छ । तर, अपवादबाहेक धेरै भाइरसहरु निर्मूल भइसकेको अवस्था छैन । त्यसैले गर्दा औषधि नै आउला, भ्याक्सिन नै आउला, निर्मूल होला भन्न सक्ने अवस्था छैन । बरु प्राकृतिक रुपमै मानिसहरुमा अन्तरनिहीत ढंगले इम्युनिटी पावरहरु वृद्धि हुँदै जाला । अनि भाइरस पनि आफैमा परिवर्तित भएर सामान्य अवस्थामा आउने स्थिति चाहिं रहन सक्छ ।
त्यसोभए हाम्रो देशमा कोरोना रोकथामको कुनै औषधि बनेन ?
यसमा भगवान गौतम बुद्धले भन्नुभएको छ, ‘प्रत्येक घटनाको पछाडि कारण हुन्छ, कारण भएपछि त्यसको निवारण पनि हुन्छ’ भनेर । हाम्रो देशको अन्तरनिर्ही भौगोलिक विविधताका कारणले गर्दा त्यहाँ जुनखालका जडीबुटीहरु छन् । त्यसलाई अनुसन्धान गरेर वैज्ञानिक रुपमा पुष्टि हुन सक्यो भने नेपालीको त ठूलो अवसर हो । हामी त्यतातिर लाग्नुप¥यो । हाम्रो भौगोलिक विविधताका कारण ब्यापक रुपमा जुन जडीबूटीहरु छन् तिनमा अनुसन्धान गर्नुपर्यो ।
जसरी हिजो नेकपाको स्थायी समिति बैठकमा नेताहरुको घाँटीमा कोरोना जन्तर लगाइएको छ त्यसलाई के भन्नुहुन्छ ?
विज्ञानले प्रमाणित नगरेको कुरा ल्याउनुभनेको मानिसहरुको मनोबल बढाउने कुरा मात्रै हो । यहाँ त विज्ञानले प्रमाणित गरिसकेको छ्, कि यो भाइरस विषालु र संक्रामक छ, साथै अत्यन्तै आक्रमण पनि छ भनेर । यो शरीरमा प्रवेश गरिसकेपछि केही प्रतिशत मान्छेहरुको मृत्यु हुन्छ । त्यो भनेको विशुद्ध नाक र घाँटीबाट प्रवेश गरेर जाने हो भनिसकेपछि यो बाहेकका अन्य अन्य जन्तर, मन्तरको कुराहरुले कुनै अर्थ राख्दैन । बरु यसबाट जनतामा नकारात्मक सन्देश नजाओस् भन्न चाहन्छु । यसबाट घाँटीमा जन्तर लगाइदिएर नाक र मुख नजोगाएर हुन्छ । मान्छेहरुले राम्रोसँग माक्स त नलगाइदिएर समस्याहरु परिखाखेको छ । यहाँ त माक्सले पुरै मुख र नाक छोपिएको हुनुपर्छ । माक्सको अग्रभागलाई छुनुहुँदैन भन्ने कुरा हुँदाहुँदै यस्ता विषयलाई ल्याउँदा झन् भयावह अवस्था आउने हो कि भनेर । अहिले म नेपाल मेडिकल कलेजमा कार्यरत छु । जुन कोरोनाले अत्यन्तै प्रभावित भइसकेको अवस्था छ । यस्तो संवेशील भएको अवस्थामा देशका जिम्मेवार व्यक्तिहरुबाट विज्ञानका विरुद्धमा भ्रम फैलाउने कुरा कतैबाट उत्पन्न नहोस् भन्न कुरा अनुरोध गर्न चाहन्छु ।
तपाईं नेपालगन्जमा हुनुहुन्छ, कर्णाली प्रदेशमा पनि समस्याहरु छन् त्यहाँ चिकित्सकहरुले राम्रो काम गरेका छन् ?
चिकित्सकबाट हुने प्रयासहरु जगजाहेर भइसकेको अवस्था हो । आज नेपालगन्जस्थित नेपाल मेडिकलमा पनि हामीले कोरोना पोजेटिभ भएका बिरामीहरुको हामीले सफल सल्य चिकित्सा गरेर सेवा दिएका छौं । त्यसैले अब हामीमा एककिसिमको आत्मविश्वस जागृत भएको छ । स्वास्थ्यकर्मीमा अन्य पक्षबाट त्यही किसिमको व्यवहारहरु हुनुप¥यो । स्वास्थ्यकर्मीहरु व्यक्तिगत सुरक्षादेखि लिएर बाहिर समाजमा फैलिएका हल्लाहरुको पनि सामना गर्नुपरेको छ । कतिपय स्वास्थ्यकर्मीहरुमा हातपात गर्नेदेखि लिएर अन्य घटनाहरु पनि घटिरहेका छन् । त्यसकारण क्वारेन्टाइनमा हुनेहरुलाई मानवत व्यवहार हुनुपर्ने, परीक्षण गरिरहनुपर्ने छ । उनीहरुको समस्या अनुसार अन्य उपचार पनि गरिरहनुपर्ने छ । अन्य विरामीहरुउपचारको समस्याले मरिरहेको अवस्था छ । यसमा सामना गर्न राज्यका सबैतहबाट घनिभूत ढंगले सोच्नुपर्ने अवस्था छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्