मुकुन्द कालिकोटे : काठमाडौं १३ आषाढ । माईतिघर मण्डलामा आज भएको संयुक्त आन्दोलनमा ज्ञानेन्द्र शाहीलाई राष्ट्रघातीबाट परिचालित छौंडाको आरोप लागेको छ । विभिन्न संघ–संस्थाहरु मिलेर गरिएको विरोध प्रदर्शनमा शाहीले एकलौटी कब्जा जमाएपछि शाहीलाई अन्य संघ–संस्थाका प्रदर्शनकारीहरुले शाहीलाई राष्ट्रघातीबाट परिचालित छौंडाको आरोप लगाएका हुन् ।
विरोध प्रदर्शन शान्तिपूर्ण, भाषणविहीन, सामाजिक दूरी कायम गर्दै बसेर एमसीसी विरोधका नारामात्र लगाउने सहमति भएकोमा शाहीले आफ्नो वरी–परी बडीगार्ड राखेर कार्यक्रमलाई कब्जामा लिएको आरोप लगाउँदै नेपालका लागि नेपाली अभियान, शाही युवा शक्ति, शिव सेना नेपाल, खस क्षेत्री समाजजस्ता सम्मिलित संस्थाका आन्दोलनकारीहरुले शाहीले फेग राष्ट्रवादीको नौटङ्की गरिरहेको आरोप लगाएका हुन् ।

शिव सेना नेपालका मनोज सापकोटाले भने,’शाहीसँग हिजै भएको कुराकानीमा हामी जतिपनि संघसंस्थाहरुको सहभागी रहन्छ, भाषण नगर्ने मात्र एमसीसीको विरोधमा धर्नामा बसेर विरोध प्रदर्शन र नारा लगाउने सहमति भएकोमा जब मास धेरै देखे तब शाही हिरो पल्टेर गाडिमाथि बसेर एकलौटी रुपमा भाषण ठोक्न थाले शक्ति प्रदर्शन गर्ने हामीहरुलाई उपेक्षा गरिएको छ अबका दिनमा हिरोलाई जिरोमा ल्याउन हामीले जानेका छौं ।’
सापकोटाले दावीका साथ भन्दै थिए,’हामी अन्तर्राष्ट्रिय राष्ट्रघाती आईएनजिओबाट परिचालित दलाल शाहीलाई विथोल्न सक्नेथियौं सल्लाह गर्दै थियौं पानी परेको बहानामा भाग्यो, हामी यो अपमानको बदला लिन्छौं त्यो भगौडा कहाँ जान्छ ।’

नेपालका लागि नेपाली अभियानको संयोजक डा. सुरेन्द्र भण्डारी भन्दै थिए–’यो विदेशी राष्ट्रघाती डलरवादीहरुबाट परिचालित हिजोको चल्लोले आज हामीलाई चक्मा दियो, अर्थात धोका दियो, दुईपक्षबीच वाक युद्ध सुरु हुनुको मुख्य कारक भनेकै ज्ञानेन्द्र शाही हो, हामी आईपुग्दा ऊ १५, २० जना साथमा लिएर बसेको थियो, अब हाम्रो मास सहभागी भयो ऊ गाडिमा चढेर आफ्नालाई भाषण गर्न दिन थाल्यो, हामीले भन्दा पनि टेरेन र आफू पनि भाषण ठोक्न थाल्यो हामीलाई पुरै उपेक्षा गर्यो यो उसको बद्मासीलाई राम्ररी हेरिएको छ, त्यो कहाँ जान्छ अबका दिनमा हेर्ने छौं ।’
Photo By: Mukunda Kalikote/ReportersNepal
नोट : सुरेन्द्र भण्डारीको तस्विर फाईल तस्विर हो ।




प्रतिक्रिया