Logo

अब शैक्षिक संस्थाहरु र खेलकुद क्षेत्र खुलाउनुपर्छ : रमेशकुमार सिलवाल (भिडिओसहित)



काठमाडौं, १३ असार । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले अब विस्तारै खेलकुद सञ्चालन गरिने जनाएका छन् । त्यस्तै, उनले शैक्षिक संस्थाहरुपनि विस्तारै खुलाउनुपर्ने बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिलवालले यस्तो बताएका हुन् ।

उनले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि सरकारले अघिल्लो वर्षको भन्दा कम बजेट विनियोजन गरेको सुनाए । तर, सरकारले बजेट बढाईदिनेमा आफू विश्वस्त रहेको उनको भनाई छ । उनले नेपालको खेल क्षेत्र समग्र रुपमा वामे सर्दै गरेको स्पष्ट पारे । समग्र खेल क्षेत्रको वृद्धि, विकासको लागि उनले आगामी योजना र रणनीतिसमेत सेयर गरेका छन् । हेरौं भिडिओमा :



प्रतिक्रिया दिनुहोस्