Logo

नेपालको जनसंख्या तीन करोड नाघ्यो



काठमाडौं असार १४ । नेपालको जनसङ्ख्या शुक्रबार तीन करोड नाघेको छ । दैनिक अद्यावधिक हुने केन्द्रीय तथ्याङ्क विभागको जनसङ्ख्या घडीको गणनामा शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड ६३४ पुगेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

यो सङ्ख्या गत ११औँ राष्ट्रिय जनगणना, २०६८ को तथ्याङ्कका आधारमा गरिएको प्रक्षेपण अनुसारको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । गत जनगणनाको तथ्याङ्क विश्लेषण अनुसार २० वर्ष अर्थात् वि।सं। २०८८ सम्मको जनसङ्ख्याको अनुमान गरिएको निर्देशक लामिछानेले बताए ।

निर्देशक लामिछानेले ११औँ राष्ट्रिय जनगणना, २०६८ को वृद्धिदरमा आधारित पूर्वानुमान अनुसार नेपालको जनसङ्ख्या तीन करोड नाघेको जनाए। राष्ट्रिय जनगणना २०६८ को जन्मदर, मृत्युदर र बसाइँ सराइ दरको आधारमा जनसङ्ख्या पूर्वानुमान गरिएको हो । ११औँ जनगणना अनुसार नेपालको जनसङ्ख्या वृद्धिदर १।३५ प्रतिशत रहेको छ ।

निर्देशक लामिछानेका अनुसार जन्मदर र मृत्युदरको मध्यम वृद्धिदरका कारण आगामी १२औँ राष्ट्रिय जनगणना, २०७८ मा नेपालको जनसङ्ख्या वृद्धिदर अझै घट्नेछ र जनसङ्ख्या भने बढ्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot