Logo

कांग्रेस पदाधिकारी बैठक २ बजे, महाधिवेशन कार्यतालिका परिवर्तनबारे छलफल



काठमाडौं, १४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दुई बजे बस्दैछ । आजको पदाधिकारी बैठकमा महाधिवेशन कार्यातालिका परिवर्तनका विषयमा छलफल हुने नेताहरुले जनाएका छन् । बैठक सभापति शेरवहादुर देउवाको निवासमा बस्नेछ ।

कांग्रेसले आगामी फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको थियो । तर, कोरोना महामारीका कारण महाधिवशन निर्धारित मितिमै गर्न असम्भव छ । कोरोनाका कारण महाधिवेशनको तयारीका कामहरु प्रभावित बनेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्