Logo

चीनले तिब्बतमा खटिएका सैनिकलाई मार्सल आर्ट सिकाउने



एजेन्सी, १४ असार । चीनले तिब्बतमा खटिएका सैनिकहरुलाई मार्सल आर्ट सिकाउने भएको छ । यसका लागि २० जना मार्सल आर्ट प्रशिक्षक तिब्बतर्फ पठाएको छ ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले २० जना मार्सल आर्ट प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा रहने जनाएको छ । उनीहरुले सिमामा रहेका सैनिकलाई प्रशिक्षण दिने नदिनेबारे प्रष्ट पारिएको छैन ।

भारतीय सैनिकसँग लद्दाख क्षेत्रमा १५ जुनमा झडप भएपछि चीनले मार्टल आर्ट प्रशिक्षण दिन लागेको हो । घटनामा २० जना भारतीय सैनिकले ज्यान गुमाएको पुष्टि भएको छ । तर, चीनले यसबारे केही खुलाएको छैन ।

चीन र भारतबीचको सिक्षेत्रमा गोलाबारुद र तोप जस्ता हतियारको प्रयोग गर्न पाइँदैन । सन् १९९६ मा दुवै देशबीच यस्तो सम्झौता भएको हो ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्