Logo

प्रधानमन्त्रीको राजीनामा माग्ने अधिकार स्थायी कमिटीलाई छैन् : गणेश साह (भिडिओसहित)



काठमाडौं, १४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य गणेश साहले पार्टीको स्थायी कमिटीलाई प्रधानमन्त्रीको राजीनामा माग्ने अधिकार नभएको स्पष्ट पारेका छन् । उनले भने,स्थायी कमिटीमा विचारको निर्माण हुन्छ । बरु, स्थायी कमिटीमा यो सरकारले काम गर्न सकेन भनेर सन्तुष्ट हुन सकेन भने हामीले सचिवालयलाई भन्ने हो ।’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य स्थिति ठिक नभएको कारणले बालुवाटारमा जारी स्थायी कमिटीको पाँचौं बैठकमा शुक्रबार उपस्थित् नभएको र हिजो (शनिबार) पनि १५ मिनेट बसेर बाहिरिएको स्पष्ट पारेका छन् ।

शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने,‘सबैलाई थाहै छ–उहाँको स्वास्थ्य स्थितिबारे, यसअघि पनि स्थायी कमिटीको बैठक प्रचण्डले अध्यक्षता गर्नुभएको थियो । केन्द्रिय कमिटीको बैठक पनि उहाँले उद्घाटन गर्नुभएको थियो, र प्रचण्डले अध्यक्षता गर्नुृएको थियो । उहाँ सरकार प्रमुख हो । अहिले मुलुक धेरै समस्या र चूनौतिमा छ । कोभिडको समस्या, किसानको समस्यालगायत यावत समस्याहरु छन् । उहाँमा अहिले दबाब बढि छ ।’ साहले सकेसम्म पार्टीका बैठकहरु पार्टी कार्यालयमै राख्नेतर्फ पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले ध्यान दिनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्