Logo

नेपालमा कोरोना संक्रमण किन फैलियो ? डा. पुनको यस्तो छ टिप्पणी (भिडिओसहित)



काठमाडौं, १४ असार । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले नेपालमा कोरोना संक्रमणको महामारी सुरु भएको बताएका छन् । पुनले यसअघि पनि आफूले संक्रमण फैलिन सक्ने खतरा औंल्याएको सुनाए । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,’नेपालमा कोरोना बढ्नुमा चाहीँ एउटा एकदमै सिधा देखिएको चाहीँ–भारतबाट आउने दाजुभाई हुनुहुन्छ, त्यहाँनिर त अलिकति जुन प्रक्षेपण गर्नुपर्नेथियो, कति आउँथ्यो ? त्यसलाई हामीले कसरी क्वारेन्टिनमा राख्ने ? किनभने विमानस्थलबाट आउनेलाई पक्कैपनि हामीले केहीलाई क्वारेन्टिनको पनि व्यवस्था गरेका थियौं । र, कतिपयलाई होम क्वारेन्टिनको पनि कुरा गरेका थियौं । तर, त्यताबाट आउने जुन संख्या थियो, त्यो संख्याचाहीँ हामीले नजरअन्दाज गरियो कि जस्तो लाग्छ । नेपालमा अधिकांश संक्रमित तपाईले हेर्नुभयो भने चाहीँ त्यो चाहीँ भारतबाट नै आएको देखिन्छ । अहिले कोरोना परीक्षणको दायरा जति जति बढ्दो क्रममा छ, त्यति त्यति नै संक्रमितको संख्या बढ्दो क्रममा देखिन्छ ।’



प्रतिक्रिया दिनुहोस्