काठमाडौं, १४ असार । नेपालमा कोरोना भाइरसको संक्रमित ठुलो संख्यामा थपिएका छन् । सयौंको संख्यामा संक्रमित थपिएपछि कुल संक्रमित संख्या १३ हजार नजिक पुगेको छ । यसको औपचारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवा ४ बजे दिदैछ ।
देशका सबै जिल्लामा हिजो नै संक्रमित थपिइसकेका छन् । अब देशको स्थानीय निकायमध्ये अधिकांशमा संक्रमित भेटिएको तथ्यांक आइरहेको छ ।
यसअघि हिजो संक्रमित संख्या १२ हजार तीन सय ९ पुगेको थियो । हिजो ५ सय ५३ संक्रमित संख्या थपिएर १२ हजार नाघेको थियो ।




प्रतिक्रिया