Logo

नेपालकै नेताहरु लाग्या छन्..के पी ओलीलाई नहटाई हुँदैन रे…एम्बेसीको सक्रियताले बताइरहेको छ



केपी शर्मा ओलीः १४६ वर्ष उपभोग गरेको जमिन ५८ वर्ष देखि खुस्केको छ । हाम्रो जमिन फिर्ता ल्याउन खोयौं, अरुको दाबी गरेको होइन । अरुको अतिक्रमण गरेको होइन । अरुको हस्तक्षेप गरेको होइन । त्यसकारण हामीले कुनै गल्ती गरेका छैनौं ।

तर, नेपालकै नेताहरु लाग्या छन्, बसह चल्या छ । अहिलेको अहिले केपी ओलीलाई नहटाई हुँदैन रे !

चीनसँग ट्रान्सपोर्ट ट्रान्जिट एग्रिमेन्ट गरेर फर्किएपछि सरकार ढलेको थियो, त्यतिबेला हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो नक्शा जारी भयो । त्यसो भएपछि यस्तो अपराध गर्ने केपी ओलीलाई अब…भित्र भित्रको कुरा हो त्यो । बाहिर बाहिर भन्न नसक्ने… तर भित्र भित्र यस्तो अपराध गर्नेलाई चाहिं…दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस्… । त्यसैले निर्देश गरिहाल्छ कि कहाँ कहाँ के के भइराखेको छ ।

यहाँका होटलहरुमा भइराखेका गतिविधि, त्यसले पनि बताइरहेको छ । एम्बेसीको सक्रियता, त्यसले पनि बताइरहेको छ ।

तर, म तपाईंहरुलाई यति भन्छु, नेपालको राष्ट्रियता त्यति कमजोर छैन नक्शा छापेवापत्, संविधानमा नक्शा सामेल गरेबापत् यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भनेर कसैले भन्छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन । यो नसोचेपनि हुन्छ । त्यसकारण यो भ्रम… । कोशिश गर्नेलाई त गर्न दिनु । यो हिजोको जस्तो होइन ।

कसैले हतारो नगरे पनि हुन्छ । कसैले विभिन्न विभिन्न आग्रहहरु नपाले हुन्छ । (प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशनद्वारा बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा दिएको मन्तव्यको अंश)



प्रतिक्रिया दिनुहोस्