Logo

न्यायको पक्षमा करिश्मा मानन्धर



काठमाडौ, १४ असार । एक समय चलचित्र जगतमा एक छत्र राज गरेकी सदावहार नायिका हुन् करिश्मा मानन्धर । सानै उमेरमा बिनोध मानन्धरसँग अन्र्तजातिय विवाह गरेकी करिश्माको एक छोरी छिन् । सौन्दर्यको धनी र अभिनयमा अब्बल उनी केहि वर्षको अमेरिकाको बसाइ पछि नेपाल फर्किएकी हुन् ।

नेपाल फर्किए लगत्तै उनले राजनितीमा प्रवेश गरेकी थिइन् । केहि समय राजनितिमा लागेपनि अहिले भने राजनितिबाट निस्क्रिय भएकी छिन् । करिश्मा देशमा भएका राजनितिक र सामाजिक घटनाको बारेमा जानकारी राख्छिन् र दिनहु उनले स्पष्ट रुपमा आफ्नो धारणा र अनुभव समेटेर सामाजिक सञ्जाल मार्फत राख्ने गर्छिन् । उनी पछिल्लो समय न्यायको पक्षमा बोल्दै आएकी छिन् ।

करिश्माले लेखेकी छिन्, ‘शब्द भन्दा घायल पार्ने कुनै शस्त्र छैन ! सहन शक्ति जस्तो प्रतिरोध गर्ने कुनै ढाल छैन ।’ आज फेसबुकमा लेखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्