Logo

नदीमा भेट्टियो ७३ लाख



अष्ट्रियाका एक युवाले ७३ लाख भेट्टाएका छन् । युवकले नदीमा धेरै पैसा देखेर पौडीन थाले उनी नदीमा पौडीएको देखेर मानिसहरुले आत्महत्या गर्न गएको आरोप लगाउदै प्रहरीलाई खबर गरे । तुरुन्तै प्रहरी आएर उसलाई नियन्त्रणमा लियो ।

उनको साथबाट ७३ लाख रुपैयाँ पनि प्रहरीले नै लिएको छ । युवकले भने त्यो पैसा आफुलाई पनि दिनुपर्ने माग राखेका छन् । उक्त पैसा कसको र नदीमा किन फालेको विषयमा प्रहरी पनि अनुसन्धान गर्दै छ । अष्ट्रिया कानुन अनुसार भेट्टाएको रकमको ५ देखि १० प्रतिशत भेट्टाउनेलाई दिने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्