Logo

कोरोनाले संकटमा कांग्रेस, १६ गते केन्द्रीय समिति बैठक बस्ने



असार १४, काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको पदाधिकारी बैठकले असार १६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ । आइतबार बसेको पदाधिकारीहरुको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठकमा नेपाली काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने लगायतका विषयमा छलफल भएको नेपाली काँग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

कोरोनाका कारण रोकिएका सदस्यता वितरण, नवीकर लगायतका कामहरुलाई कसरी व्यवस्थित बनाउदै लैजाने भन्ने विषयमा समेत छलफल भएको नेता लेखकले जानकारी दिए । कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने मिति यस अधि नै तोकिसकेको छ । तर कोरोनाको जोखिमका कारण लकडाउन गरेपछि महाधिवेशनका काम तथा प्रक्रिया ठप्प भएको छ ।



प्रतिक्रिया दिनुहोस्