Logo

आइफोन प्रयोगकर्ताका गोपनीयता खतरामा !



डिजिटल ब्यारियरका संस्थापक तथा प्रमुख कार्यकारिणी अधिकारी (सिइओ) तथा साइवर सुरक्षाबारे कलम चलाउँदै आएका ज्याक डोफम्यानले २३ जुनमा एपलले आइफोन १४ मा एउटा गम्भीर समस्या ठीक गरेको लेखेका थिए । समस्या डरलाग्दो थियो । केहि एपहरु गोप्य ढंगले प्रयोगकर्ताहरुको उपकरणको क्लिपबोर्ड सम्म सजिलै पुग्न सक्थे ।

नयाँ आइफोन रिलिज गरिनासाथ एपले अन्तिम पटक कपि गरेको कुनै पनि कुरा क्लिपबोडमा रिड हुँदा प्रयोगकर्ताहरुलाई सतर्क बनाउने गर्दछ । डोफभन्छन् , ‘ यसै वर्षको शुरुमा मैले यसबारे चेतावनी दिँदा प्रयोगकर्ताहरुका लागि त्यो कुनै सैद्धानितक खतरा मात्र थिएनन् ।

असंख्य एपले पहिले नै तिनीहरुका गोपनियताको यसरी दुरुपयोग गरिसकेका थिए । अझ चिन्ताको विषय त क हो भने सुरक्षा अनुसन्धाकर्ता तलाल हाज बयक्र िर टोमी मिस्कले पक्रन सफल एउटा एप चीनको टिकटकको परेछ । यस विषयले धेरेको ध्यानाकषर्ण भयो ।

त्यतिवेला मलाई टिटकका मालिक बाइटड्यान्सले एउटा पुराना गुगल विज्ञापन एसडिके प्रयोग गर्दा यो समस्या आएको सफाइ दिएका थिए । उनको यो दावी असत्य पनि हुन सक्छ । किनकी नयाँ क्लिपबोर्ड वार्निंग सिस्टमयुक्त विटा भर्जनको आइफोन १४ मा टिकटकले अझै पनि अजिव तरिकाले डिस्टर्व गर्ने गरेको भेटाइएको छ । टिकटकले वाचा गरे अनुरुप आफ्नो आक्रामक काम रोकेको देखिंदैन ।’न्युजअफ नेपाल/File photo



प्रतिक्रिया दिनुहोस्