Logo

सलह नियन्त्रण गर्न अन्तर्राष्ट्रिय निकाय गुहारिने



काठमाडौं, १५ असार । सरकारले सलह फट्यांग्राको बथानमाथि निगरानी गर्न अन्तर्राष्ट्रिय निकायलाई गुहार्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो फट्यांग्राको बढी प्रकोप देखिएको भारतमा निगरानी गर्न संयुक्त राष्ट्र संघको विश्व खाद्य तथा कृषि संगठन एफएओ सँगै भारतको कृषि मन्त्रालयलाई गुहार्ने निर्णय गरेको छ ।

विभागीय मन्त्री घनश्याम भुसालको संयोजकत्वमा आइतबार बसेको बैठकमा भारतमा निगरानी गरी त्यसको आधारमा नेपालमा प्रकोप नियन्त्रण गर्न दुवै निकायलाई गुहारेर सहकार्य गर्ने निर्णय गरिएको हो । उनका अनुसार भारतको राजस्थानमा ठूलो बथान देखिएकाले त्यहाँबाट यो फट्यांग्राको ओहोरदोहोर हुन सक्ने निष्कर्ष निकालिएको छ । ‘भारतको राजस्थानमा अझै ठूलो बथान देखिँदैछ’, मन्त्री भुसालले भने, ‘हामीले नेपालमा नियन्त्रण गरे पनि फेरी उताबाट सर्न सक्ने जोखिम रहेको समाचार आजको अन्नपुर्ण पोस्टमा राजेश बर्माले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्