Logo

कांग्रेसले मंगलबार बस्ने केन्द्रीय समिति बैठकबाट संशोधित कार्यतालिका अनुमोदन गर्ने



काठमाडौं, असार १५ । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैंठक मंगलबार बस्ने तय भएको छ । आइतबार बसेको पदाधिकारीहरुको बैठकले असार १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको केन्द्रिय सदस्य रामकृष्ण यादवले जानकारी दिए । बैठकमा पार्टीको १४ औं महाधिवेशन र नागरिकता विधेयकको बारेमा छलफल हुने उनको भनाई छ ।

आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न भोलिको बैठक बोलाइएको हो । बैठकमा नागरिकता विद्ययकको बारेमा समेत छलफल हुनेछ । कांग्रेसले १४औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राख्दै अन्य कार्यतालिका संशोधन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणसँगै महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएपछि आइतबार बसेको पदाधिकारी बैठकले फागुन ७ देखि १० गते अन्तिम मितिलाई कायम राख्दै अन्य कार्यतालिका परिर्वतन गरेको हो ।

संशोधित कार्यतालिकालाई अनुमोदन गर्न भोलीको बैंठक बोलाएको स्रोतको दाबी छ । कात्तिक १६ गते देखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिका संशोधन गर्दै कांग्रेसले पुसमा पु¥याएको छ । यसअघि नै महाधिवेशनको कार्यतालिका संशोधन गरीसकेको कांग्रेसले संगठन समायोजनसहितका नौ चरणको तालिका संशोधन भएका छन् ।



प्रतिक्रिया दिनुहोस्