Logo

भारतलाई देखाएर अन्तरविरोध टार्दै ओली



काठमाडौं, असार १५ । सत्तारुढ नेकपामा आन्तरिक मतभेद तीव्र बन्दै गइरहेका बेला प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन भारत लागेको बताएर विवादको विषयान्तर गर्न खोजेका छन्। प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपमा ओलीको कार्यशैलीलाई लिएर दलभित्रैबाट तीव्र आलोचना भइरहेका बेला उनले विषयान्तर गर्न भारतलाई अघि सारेका हुन्।

पार्टीभित्र कुनै छलफल नगरी अध्यक्ष एवं प्रधानमन्त्री ओली एकलौटी रुपमा अघि बढेको भन्दै त्यसको समीक्षा गर्न स्थायी समितिका बहुमत सदस्यहरूले तीन महिनदेखि बैठक बोलाउन माग गर्दै आएका थिए। तर विभिन्न बहाना बनाएर बैठक टार्दै आएका ओली अमेरिकी सहयोग अनुदान ९एमसिसी० का विषयमा छलफल गर्न स्थायी समितिको बैठक राख्न सहमत भएका थिए। स्थायी कमिटीको बुधबारदेखि सुरु बैठकमा सरकारका कामको समीक्षा हुनुका साथै विभिन्न विषयमा सदस्यहरूले आआफ्नो धारणा राखेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूले ओलीको कार्यशैलीको आलोचना गरेका छन्।

भारतलाई देखाएर अन्तरविरोध टार्दै ओली सत्तारुढ नेकपामा आन्तरिक मतभेद तीव्र बन्दै गइरहेका बेला प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन भारत लागेको बताएर विवादको विषयान्तर गर्न खोजेका छन्। प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपमा ओलीको कार्यशैलीलाई लिएर दलभित्रैबाट तीव्र आलोचना भइरहेका बेला उनले विषयान्तर गर्न भारतलाई अघि सारेका हुन्।

पार्टीभित्र कुनै छलफल नगरी अध्यक्ष एवं प्रधानमन्त्री ओली एकलौटी रुपमा अघि बढेको भन्दै त्यसको समीक्षा गर्न स्थायी समितिका बहुमत सदस्यहरूले तीन महिनदेखि बैठक बोलाउन माग गर्दै आएका थिए। तर विभिन्न बहाना बनाएर बैठक टार्दै आएका ओली अमेरिकी सहयोग अनुदान (एमसिसी) का विषयमा छलफल गर्न स्थायी समितिको बैठक राख्न सहमत भएका थिए।

स्थायी कमिटीको बुधबारदेखि सुरु बैठकमा सरकारका कामको समीक्षा हुनुका साथै विभिन्न विषयमा सदस्यहरूले आआफ्नो धारणा राखेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूले ओलीको कार्यशैलीको आलोचना गरेका छन ।बैठकमा आफूविरुद्ध स्थायी कमिटीका केही सदस्य आक्रमकरुपमा प्रस्तुत हुने संकेत पाएका प्रधानमन्त्री ओलीले राष्ट्रियता, राष्ट्रवाद र सीमा सुरक्षा तथा नयाँ नक्सा जारी गरेको विषयलाई रक्षाकबच बनाएको आजको नागरिक दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्