Logo

मुख्यमन्त्री राउतको चेतावनी : नागरिकता विद्येयकका प्रावधान नसच्याए आन्दोलनको आँधीबहेरी आउँछ : (भिडिओसहित)



काठमाडौं, १५ असार । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले अन्य प्रदेशको तुलनामा आफ्नो प्रदेशमा कोरोना संक्रमण बढि रहेकोले समस्या धेरै रहेको बताएका छन् । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब वर्षातको मौसम सुरु भएकाले तराईमा बाढी र डुबानको समस्या हुनेपनि सुनाए । उनले देशमा भएका ७ प्रदेश सरकारमध्ये जनतासँग मिलेर र उनीहरुको चाहनाबमोजिम काम गर्ने प्रदेश भनेको २ नम्बर प्रदेश नै भएको दाबी पनि गरे । उनले नागरिकता प्रावधान पूर्वाग्रही ढंगले ल्याईएको पनि टिप्पणी गरे । नागरिकता विद्येयकका प्रावधान नसच्याईए तराई मधेशमा आन्दोलनको आँधीबेहरी आउने पनि उनले चेतावनी दिए । अब हुने आन्दोलन कुनै दल विशेषको नभई जनताको आन्दोलन हुनेपनि उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्