Logo

प्रधानमन्त्री ओली नियतवश स्थायी कमिटीको बैठकमा अनुपस्थित् हुनुभएको होईन् : डा. भट्टराई (भिडिओसहित)



काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिला डा. राजन भट्टराईले पार्टीको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राख्नुको कारण सरकारले गर्नुपर्ने कतिपय काम गर्न सजिलो होस भनेर राखिएको सुनाए ।

उनले भने, बालुवाटारमा बैठक हुँदा राज्यका कामहरु गर्न सजिलो हुन्छ, तर धुम्बाराहीमा जाँदा अलिकति त्यो स्थिति रहँदैन् । त्यो व्यवहारिकतालाई हेरेर त्यो गरिएको हो । तर, दुरुपयोग केही पनि भएको छैन् । सिटमा बस्ने कुरालाई दुरुपयोग मान्ने हो भने अन्यथा केही भएन् । त्यो भन्दा बाहेक अरु सामग्रीको प्रयोगमा पार्टीले आफैं व्यवस्थापन गरेको छ । खाजाको पनि आफैं व्यवस्थापन गरेको छ । दोस्रो कुरा, प्रधानमन्त्रीज्यू पहिलो बैठकमा पूरै दिन बस्नुभएको थियो । दोस्रो दिन उहाँ खास काम परेर आउन सक्नुभएन् । उहाँले पहिले नै तय गरेका बैठकहरु थिए । त्यसकारणले आउन सक्नुभएन् । तेस्रो दिनको बैठकमा उहाँ उपस्थिति हुनुभयो । फेरि केही काम परेर उहाँ निस्किनुभयो । प्रधानमन्त्री बैठकमा यो बेलामा अनिवार्य रुपमा उपस्थित् हुनुपर्छ भनेर माग गर्नु कत्ति उचित हुन्छ ? यो बेला ?

आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री ओली कुनै नियतवश स्थायी कमिटीको बैठकमा अनुपस्थित् नभएको जिकिर गरे । र, नेताहरुले पनि यो वास्तविकता बुझेको हुनुपर्ने उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्