Logo

कोरोना महामारीले चीन बन्यो शक्तिशाली, पश्चिमाहरु त्रसित भएसँगै नयाँ युद्धको खतरा



एजेन्सी, १५ असार । सन् १९४५ मा भएको विश्व युद्वपछि देशहरु संस्थागत रुपमा अग्रसर देखिएको थियो । तर, सन् १९९१ मा भएको गृहयुद्वको अन्त्यपछि प्रस्थापित भएका अन्तराष्ट्रिय व्यवस्थाका केन्द्रिय सिद्वान्तहरुमाथि प्रश्न उठेको थियो ।

प्रत्येक देशहरुले विश्वमा आफ्नो राजनितिक र दार्शानिक दृष्टिकोण संशोधन गर्दै देशलाई अगाडी लग्न खोजेको थियो । सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिएपछि संयुक्त राज्य अमेरिकाले अभूतपूर्व आन्तरिक मोड लियो । यसक्रममा अमेरिका संस्था, आर्थिक सिद्वान्त र सैन्य पहुँचबाट पछि हट्यो । जसले अमेरिकालाई महाशक्ति बन्न र उक्त शक्ति कायम राख्न मद्दत पुर्याएको छ ।

यसैगरी चीनल ठूलो शक्तिका रुपमा प्रकट भएको छ । चीनद्वारा जारी निती वेल्ट एण्ड रोड इनिसिएटिभ प्रोजेक्टले चीनलाई अन्तराष्ट्रिय समूदायलाई विकास उन्मूख लग्दै प्रभुत्व जमाउन खोजेको भनिएको छ । एसियामा रुसको बढ्दो प्रभाव र चीनसंगको नयाँ मित्रताले विश्व जगतमा विभिन्न विषयहरु उजागर भइरहेको देखिन्छ । युरापियन युनियनबाट वेलायतले ब्रेक्जिट हटाउन विषयले समेत विभिन्न द्वन्द्व पैदा गर्न भूमिका खेल्ने जनाइएको छ ।

महामारीले सम्पूर्ण राष्ट्रहरुलाई अपेक्षाकृत उदार आर्थिक व्यवस्था, बस्तु र सेवाहरुको स्वतन्त्र प्रवाह, क्षेत्रीय र द्विपक्षीय व्यापारको खुलापनको आधारमा बन्देज लगाएको छ । विश्वमा अग्रसर छु भन्दै हिडेको पश्चिमी मुलुकहरु अहिले विभिन्न तरिकाले आक्रमणको शिकार भइरहेका छन् । २१ औँ शताब्दीमा टेक्नोलोजीको प्राथमिकता मै आधारित समाजको निर्माण भइरहेको अवस्थामा पश्चिमाहरु पछाडि परेको देखिन्छ । यसमा चीनको सक्रियता बढी देखिएको छ ।

फाइव जी विस्तार गर्ने नीति चीनको विश्वमा बढ्दो प्रभावले सम्पूर्ण पश्चिमी मुलुहरु त्रसित भएका छन् । महामारीको वेला समेत उक्त अभ्यासहरु भइरहेको छ । महामारीले विश्वलाई परिवर्तन गरेको छैन् । यसले नयाँ युगको व्यवस्थालाई सुरु गरेको बुझिएको छ । चीनको शहर वुहानबाट सुरु भएको महामारीले सम्पूर्ण विश्वमा असर परेको छ । एक करोड मानिस संक्रमित भएका छन् । करिब पाँच लाख मानिसको ज्यान गइसकेको छ ।

यस्तो अवस्थामा सम्पूर्ण देशहरुले आवतजावतमा रोक लगाएको छ । महामारीले मानवतालाई तहस नहस गर्न सफल भएको छ । विश्वको अर्थतन्त्रलाई डामाडोल पार्न सक्ने छ । महामारीले विश्वलाई नयाँ व्यवस्था प्रति उन्मुख हुन प्ररित गरिरहेको छ । यस्तो भयावह अवस्थामा ट्रम्पले आफ्नो देशको बोर्डरहरु कडा गरेको छ भने भारतले आफ्नो अर्थव्यवस्थालाई उकास्न योजनाको विस्तार गरिरहेको छ । यसबीच चीनले महामारी प्रति चालेको कदम सम्पूर्णले पाठ सिक्नु पर्ने जनाइएको थियो । महामारीबा बीच अमेरिकाको आक्रोशले युरोपियन युनियनको सम्बन्धमा तनाव पैदा भएको र इयुका केही मुलुकहरुले चीनको सदभाव प्रति खुशी व्यक्त गरेका छन् ।

चीनले महामारी विरुद्व लड्न विश्वलाई देखाएको सदभावले चिनियँ राष्ट्रपति सी विश्व व्यापी नेताका रुपमा देखापरेका छन् । डब्लूएचओसंगको अमेरिकी दूरी र महामारी प्रति अमेरिकाको विफल प्रयास रहेको छ । चीनले भने यस महामारी विरुद्व लड्न सफल भएको बुझिन्छ । अमेरिकाको विफल नितीले अमेरिकालाई पछाडी धकेलेको छ । अमेरिकाले नयाँ विश्व व्यवस्थाको प्रतिनिधित्व गर्न अग्रसर देखिएको थियो । तर, महामारीका कारण अमेरिकालाई ठूलो धक्का पुगेको छ ।

विश्व व्यवस्थालाई नेतृत्व गर्न चीनले साकारात्मकता देखाएको छ । महामारी बीच नै चिनियाँ राष्ट्रपतिले नयाँ विश्व व्यपस्थाप्रति आफ्नो इच्छा जाहेर गरेका थिए । यसलाई नेतृत्व चीनले गर्ने विषय समेत खोलेका थिए । अमेरिकाको खस्कदो अन्तराष्ट्रिय सम्बन्धका कारण उक्त व्यवस्थाप्रति अमेरिकाको सोच नपुगेको कारण चीनले नेतृत्व गर्ने जनाइएको छ । अमेरिका र चीनबीचको ट्रेड वारमा समेत अमेरिकालाई धक्का पुगेको थियो ।

चीन भने आफ्नो नीति र सिद्वान्त प्रति कायम रहँदै आफ्ना निर्णय लिएको थियो । अमेरिकाले चीनलाई हङकङ मुद्दामा समेत दवाउन खोजेको थियो । उक्त प्रयास समेत विफल भएको थियो । अमेरिकाले चीनलाई हरेक कोणबाट दवाउन खोज्दा चीनले सदैव नयाँ बाटो अपनाउँदै अगाडि बढ्यो । विश्वसामू चीनको बढ्दो लोकप्रियताले चीनलाई नयाँ उचाई हासिल गर्न मद्दत पुर्याउने छ । वेल्ट एण्ड रोड इनिसिएटिभलाई सम्पूर्णले आत्मसाथ गर्ने गरी चीनले आफ्नो भूमिका खेलिरहेको छ । चीन अमेरिकी निति अन्तरगतको इन्डो प्यासिफिक नितीलाई विफल बनाउन सक्रिय ढंगले लागीपरेको छ । चीनद्वारा जारी गरिएको वेल्ट एण्ड रोड इनिसिएटीभलाई लागु गर्दै नयाँ विश्व व्यवस्था तर्फ उन्मुख भए आगामी दिनमा विश्वले नयाँ युद्वको सामना गर्नुपर्ने विषय औल्याइएको छ ।-हिन्दुस्तान टाइम्सबाट भावानुवाद



प्रतिक्रिया दिनुहोस्