ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित १३ हजार नाघ्यो


काठमाडौं, १५ असार । नेपालमा आज पनि सयौंको संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या १३ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको औपचारिक जानकारी अहिले केही बेरमा नियमित प्रेस ब्रिफिङमा दिदैछ । आज कोरोना संक्रमित थप व्यक्तिको मृत्यु पुष्टिबारे पनि जानकारी दिने भएको छ ।

यसअघि हिजो कोरोना भाइरसको कुल संक्रमित संख्या १२ हजार ७ सय ७२ पुगेको थियो । हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन् ।