Logo

चीनका राष्ट्रपति सी चिनफिङमाथि स्टालिनको शैलीमा तानाशाह बन्न खोजेको आरोप



एजेन्सी, १५ असार । चिनियाँ राष्ट्रपति सी जिन फिङमाथि स्टालिनको जस्तै तानाशाह बन्न खोजेको आरोप लागेको छ । रुसी शासक जोसेफ स्टालिनको शैलीमा तानाशाह बन्न अग्रसर भएको अ‍ेमरिकी सुरक्षा निकायका सल्लाहकारले टिप्पणी गरेका हुन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा निकायका सल्लाहकार रार्बट ओ ब्रायनले चीनको राष्ट्रपति सी जोसेफ स्टालिनको विचारधारामा हिडिरहेको शुक्रबार व्यक्त गरेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो प्रविधिलाई अमेरिकामा विस्तार गर्न व्यापक मात्रामा लगानी गरेको छ । त्यस लगानी मार्फत चीनले प्रत्येक अमेरिकनको डाटा संकलन गर्न खोजेको आरोप ब्रायनले लगाएका छन् ।

सन् १९३० देखि चीन र अमेरिका बीचको सम्बन्धमा गलत हिसाब लगाइएको कारण सम्बन्ध विग्रिएको जनाएका छन् । चीनले आफ्नो प्रभुत्व जमाउन जबरजस्ती ट्रेडलाई बढावा दिएको आरोप समेत उनले लगाए । अमेरिका लगायत अन्य प्रजातान्त्रिक मुलुक भित्र चिनियाँ पार्टीको प्रवेश प्रति उनले आपत्ती जनाएका छन् ।

विवेकानन्द फाउन्डेशनको अध्यक्षका रुपमा रहेका भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले समेत चिनियाँ सैनिकको बढ्दो गतिविधि र कसरी प्रोपोगान्डाहरुलाई प्रयोग गरिरहेको भन्ने विषय उल्लेख गरेका छन् । अमेरिका, अष्ट्रेलिया, क्यानडा र ब्राजिलमा बढ्दो चीनको सक्रियता सम्पूर्णलाई थाहा भएको जनाइएको छ ।

चिनियाँ प्रभाव अमेरिकामा रोक्न ट्रम्प प्रशासनले छ वटा ठूला कदमहरु चालेको उनले बताए । उक्त कदमहरु एक प्रारम्भिक सुरुवातको रुपमा रहेको समेत औल्याए । चीनले मानिसको मानोस्थितीलाई प्रहार गर्न माहिर रहेको छ । जस्ले मानिसको सम्पूर्ण विषयलाई आफ्नो अधिन राख्न सक्ने आरोप समेत चीनमाथि लगाइएको छ ।

चीनले अन्य मुलुकका हातहतियार, भाषा र संस्कृती माथि हस्तक्षेप गर्दै आफ्नो प्रभुव्त जमाउन खोजको छ । भाषा र संस्कृती माथि चीनले दमन गर्दा स्वतः मुलुक अधिनमा आउने चीनको मान्यतालाई ब्राउनले प्रकाश पारेका छन् । अन्य मुलुक भन्दा चीनको अन्तराष्ट्रिय मञ्चमा सक्रियता अत्यधिक बढी रहेको जनाइएको छ । चीन आफ्नो प्रविधि मार्फत प्रत्येक देश भित्र छिर्दै प्रभुत्व कायम गर्न खोजको जनाइएको छ ।

चिनियाँ कम्पनि हुवावेको फाइव जी विस्तार प्रक्रिया विश्वभर सक्रिय हुँदै गएको समेत बताए ।यसले प्रत्येक देशको सरकार र नागरिकमाथि नजर राख्न प्रयोगमा ल्याइएको बताए । चीनको बढ्दो गतिविधिले सम्पूर्ण देशहरु त्रसित भएको देखिन्छ । चीनले नयाँ विश्व व्यवस्थालाई नेतृत्व गर्न सक्ने योजनालाई समेत सार्वजनिक गरिसकेको छ । अमेरिका नयाँ विश्व व्यवस्था निती प्रति विफल भएको कारण चीनले आफ्नो सक्रियता नयाँ विश्व व्यवस्थाप्रति देखाएका बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्