Logo

मालपोत कार्यालयका लेखापाल अख्तियारको फन्दामा



काठमाडौ, १५ असार । मालपोत कार्यालयका लेखापाल युगल किशोर ठाकुर माथी ३ करोड भ्रष्ट्राचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । मालपोत कार्यालय बारामा कार्यरत लेखापाल ठाकुरले गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको हो ।

मालपोत कार्यालयमा उठेका राजस्व रकमहरु व्यक्तिगत खातामा जम्मा गरी उनले ३ करोड ४ लाख ९४ हजार ३ सय ८ रुपैयाँ भ्रष्टाचार गरेको अनुसन्धानबाट पुष्टि भएकोले कानुन बमोजिम जफत गर्न मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्