Logo

साम्राज्ञीलाई भुवन केसीको सुझाव



काठमाडौ, १५ असार । नेपाली चलचित्र जगतको प्रसिद्ध नाम हो भुवन केसी । अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले धेरै नयाँ कलाकारहरुलाई फिल्म क्षेत्रमा प्रवेश गराएका छन् ।

यसै क्रममा उनले नायिका साम्राज्ञी शाहलाई आफ्नो चलचित्र ‘ड्रिम्स’बाट फिल्म क्षेत्रमा प्रवेश गराएका थिए । साम्राज्ञीले सामाजिक सञ्जाल मार्फत चलचित्रकर्मी सँगको काम गर्दा दुख पाएको बताएकी थिइन् । उनले केहि समय अगाडी ‘ड्रिम्स’को छायांकनको क्रममा आफुमाथी पक्षपात भएको समेत आरोप लगाएकी थिइन् । साम्राज्ञीले फिल्मको नामै लिएर सामाजिक सञ्जालमार्फत पटक पटक आरोप लगाएपछि भुवन केसीले सामाजिक सञ्जालमार्फत जवाफ दिएर लेखेका छन्,

‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !! ’



प्रतिक्रिया दिनुहोस्