Logo

आमासँग रेखा थापा



काठमाडौ, १५ असार । रेखा थापा नेपाली चलचित्र जगतकी एक चर्चित अभिनेत्री तथा निर्मात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागितासँगै ग्लामरस क्षेत्र प्रवेश गरेकी हुन् । छबी राज ओझाले निर्माण गरेको फिल्म ‘हिरो’ बाट नेपाली फिल्म जगतमा डेब्यु गरेकी हुन् ।

सन् २०१० र २०११ रेखाको लागि निकै उत्तम वर्ष साबित भयो । उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म र नेफ्टा अवार्डबाट सम्मानित भइन् । हालसम्म उनले २ सय भन्दा धेरै फिल्ममा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका दर्जनौ फिल्म सुपरहिट भएका छन् । उनी एक समय चलचित्र क्षेत्रमा एक छत्र राज गर्न सफल नायिका हुन् ।

रेखाले आफू सफल हुनुमा आमाको आर्शिवाद भएको बताउदै आएकी थिइन् । सुपरहिट चलचित्र ‘काली’ र ‘हिम्मतवाली’ जस्ता फिल्मको निर्माण गर्ने अभिनेत्री रेखाले आफ्नो जीवनको भने वैवाहिक सम्बन्ध हिट बनाउन सकिनन् । उनले आज आमासँगको सुन्दर तस्वीर सामाजिक सञ्जालमा राखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्