Logo

एमसीसीको विरोधमा शान्तिबाटिकामा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १५ असार । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीले एमसीसीको विरुद्धमा शान्तिबाटिका रत्नपार्कदेखि निकालेको विरोध प्रदर्शन भद्रकाली हुँदै बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । पछिल्लो समय एमसीसीको विरोधमा लगातार विरोध तथा प्रदर्शन भैरहेको छ । सरकारले एमसीसी पारित गराउने तयारी गरिरहेको बेलामा सडकमा विरोध भैरहेको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि एमसीसीलाई लिएर मत विभाजित छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एमसीसी संसदको यही अधिवेशनमा पारित गराउने तयारीमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने एमसीसी संशोधन नगरी पास गर्न नहुने पक्षमा छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्