Logo

हात्तीडाँडा समाज गोठाटारको आयोजनामा धान रोपाई र दही चिउरा



काठमाडौं, १५ असार । हात्तीडाँडा समाज गोठाटारले असार १५ तथा राष्ट्रिय धान दिवस र दही चिउरा खाने कार्यक्रम आयोजा गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा अथितीहरू कागेश्वरी मनोहरा नपा वडा नं। ९ का वडाध्यक्ष कुन्दन खड्का, नेपाल ल क्यापसका प्रमुख तथा समाजका सल्लाहकार डा. डिएन पराजुली, सल्लाहकार आनन्दराज आचार्य, अलकापुरी नगरका पुर्व अध्यक्ष विष्णु कार्की, समाजका उपाध्यक्ष कुमार कार्की, टोल संयोजकहरू क्रमशः बाबुराम ढकाल, कुमार गौतम, विश्वरूप शर्मा र हिराकाजी बस्नेत लगाएतको उपस्थितिमा समाजका सम्पुर्ण सदस्यहरू विच सामुहिक रूपमा दही चिउरा खाने कार्यक्रम गरिएको हो ।

कार्यक्रममा राज्यमन्त्री राउतले कोभिड(१९ ले विश्वमा अर्थतन्त्र, स्वास्थ्य र अन्यक्षेत्रमा गम्भीर असर गरे पनि नेपालको कृषि उत्पादनमा भने केही वृद्धि हुने प्रक्षेपणले देखाएको बताउनु भयो ।उत्पादनका प्रमुख कारण लक डाउन, रोजगारको शिल(शिलामा भारत गएका नागरिक आउनु र शुरूवाती मौसम राम्रो हुनु रहेको बताए।

हात्तीडाँडा क्षेत्रको आर्थिक सामाजिक विकासका लागि योगदान गर्नुहुने समाजसेवीहरू आमा राममाया थापा, देवेन्द्र भट्टराई, अर्जुन न्यौपाने, शान्त्वना रेग्मी, पार्वती विष्ट, विना दाहाल, राजन दाहाल, गिता बस्नेत, लगाएतका व्यक्तिलाई सम्मान गरेको कार्यक्रममा वोल्दै अर्का अथिती वडाध्यक्ष कुन्दन खड्काले हात्तीडाँडा क्षेत्रको समग्र विकासमा स्थानिय सरकार लागेको र यहाँको आवश्यकता र माग बमोजिम खानेपानी, ढल र बाटोको समस्या समाधानका लागि नगरपालिकाले २ करोड २० लाखको डेण्डर गरिसकेको जानकारी गराए ।

समाजका अध्यक्ष गणेश थापाको अध्यक्षता महासचिव राजु कटुवालको संचालन तथा हिराकाजी बस्नेतको संयोजनमा भएको कार्यक्रममा ईजरायलको उदारण दिँदै अध्यक्ष थापाले भने, ५ प्रतिशत आधुनिक कृषकले ईजायलका ९५ प्रतिशत जनतासँगै देशलाई नै आत्मनिर्भर बनाएको छन् तर ६२ प्रतिशत नेपालीहरू संम्लग्न कृषकले नेपाललाई अहिलेसम्म आत्मनिर्भर वनाउन नसकेको दृष्टान्त पेश गरे ।



प्रतिक्रिया दिनुहोस्