Logo

७ साउनसम्म लकडाउनलाई निरन्तरता दिने सरकारको निर्णय, सार्वजनिक यातायात र हवाई सेवा अझै बन्द



काठमाडौं, १५ असार । सरकारले थप तीन हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ७ साउनसम्मका लागि थप्ने निर्णय गरेको हो ।

लकडाउन अहिलेकै अवस्थामा खुकुलो रहने ७ साउनसम्म थपिएको उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए । हवाई सेवा पनि ७ साउनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

लकडाउनमा विगतमा जस्तै शैक्षिक संस्था, मनोरञ्जन स्थल, सार्वजनिक यातायात चल्ने छैनन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्