Logo

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई फेसबुकमा अश्लील गाली गर्ने बास्तोला पक्राउ



पोखरा, १५ असार । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा अश्लील गाली गर्ने व्यक्ति पक्राउ परेका छन् । पोखराका दुर्गादत्त बास्तोलाई आज प्रहरीले पक्राउ गरेको हो ।

उनले फेसबुकमा निकै अश्लील गाली गरी पोष्ट गरेका थिए । त्यसपछि नेकपा कार्यकर्ताले उनीविरुद्ध उजुरी गरेका थिए । फेसबुकमा निकै अशिष्ट प्रकारको गाली रहेको छ ।

बास्तोला नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता हुन् । उनको फेसबुकमा काँग्रेससँग सम्वद्ध गतिविधि पोष्ट गरिएको देखिन्छ ।-Photo Source: Facebook



प्रतिक्रिया दिनुहोस्