Logo

ट्रम्पविरुद्व इरानले जारी गर्यो गिरफ्तारीको वारेन्ट



एजेन्सी, १५ असार । अ‍ेमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्व इरानले गिरफ्तारी वारेन्ट जारी गरेको छ । इराकमा इरानका सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको हत्यामा ट्रम्पको संलग्नता रहेको भन्दै इरानले गिरफ्तारी वारेन्ट जारी गरेको हो ।

सुलेमानीको हत्या प्रकरणमा ट्रम्प लगायत ३५ जना विरुद्व अरेस्ट वारेन्ट जारी गरिएको छ । उक्त सुचीमा ट्रम्प प्रथम नम्बरमा रहेको तेहरानका सेना प्रमुखले जनाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको राष्ट्रपतिको कार्यकाल सकेलगतै उक्त वारेन्टमाथि मुद्दा चल्ने जनाइएको छ ।

गिरफ्तारी वारेन्ट जारी गरिएको ३६ जनाका लागी रातो सुचना जारी गर्न आग्रह गरिएको छ । इन्टरपोल भने उक्त विषयमा अन्योल देखिएको छ । यस्ता प्रकारका गतिविधि प्रति इन्टरपोलको ध्यान नरहेको जनाएको छ । इरानस्थित रह्का अमेरिकी कुटनीतिज्ञहरुले उक्त विषयलाई राजनीतिकरणको संज्ञा दिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्