Logo

बोर्डर आउट पोष्ट सङ्ख्या तत्काल २२१ पुर्याइने



काठमाडौं, असार १५ । नेपालको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (सीमा सुरक्षा चौकी–बीओपी) को सङ्ख्या तत्काल २२१ पुर्याइने भएको छ ।गृह मन्त्रालयका अनुसार, दक्षिणतर्फको नाकामा कम्तिमा २ दशमलव ५ किलो मिटरको दूरीमा २१६ र उत्तरमा पाँच गरी २२१ पु(याउने तयारी गरिएको हो ।

सशस्त्र प्रहरी बलले प्रस्ताव गरेको २२२ वटा बीओपीमध्ये बन्दाबन्दीको अवधिमा २२ वटा नयाँ थपिएका छन् । हाल, १३३ सञ्चालित र ८९ वटा नयाँ स्थापनाको अन्तिम चरणमा छन् ।यसका लागि करिब १० हजार जनशक्तिको माग गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । बीओपी स्थापनाले सीमा सुरक्षाका अतिरिक्त अवैध चोरी, तस्करीलगायत अपराध नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

नेपाल–भारत–चीन त्रिदेशीय सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्दैआएको सशस्त्र प्रहरी बलले दार्चुलाको छाङरुमा नयाँ बीओपी स्थापना गरेसँगै उत्तरी नाकामा चार वटा पुगेको छ । हुम्लाको हिल्सा, मुस्ताङ कोरोला र सङ्खुवासभाको किमाथाङ्कामा सीमा सुरक्षा पोष्ट स्थापना भएका छन् ।

ती पोष्टहरूमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५(३० जनाभन्दा माथिको जनशक्ति परिचालन हुने गरेको छ । आफ्नै भौतिक संरचनाको अभावमा अधिकांश बीओपी भाडाको घर तथा भवन तथा त्रिपालभित्रबाट सञ्चालन हुँदैआएका छन् ।
ताप्लेजुङको ओलाङचुङगोला, बझाङको धुली, दोलखाको लामाबगर र सिन्धुपाल्चोकको तातोपानी नाकामा तत्कालै नयाँ बीओपी निर्माण गर्नुपर्ने आवश्यकता रहेको सशस्त्र प्रहरी प्रवक्ता प्रविनकुमार श्रेष्ठ बताउनुहुन्छ ।

भारतसँगको सीमासँग जोडिएका सीमा नाकामा १२९ बीओपी छन् । वर्षायामको सुरुवातसँगै दक्षिणतर्फ रहेका कतिपय बीओपीहरू बाढी र डुबानका कारण विस्थापित हुने गरेका छन् । हिउँदमा उत्तरी नाकाको विस्थापित हुने गर्छन् ।
भौतिक पूर्वाधार निर्माण तथा कार्यालय स्थापनाका लागि जग्गा खरिद गर्न समय लाग्ने भएकाले अस्थायी टेण्ट तथा त्रिपालमुनिबाट सञ्चालन हुँदै आएका कार्यालयहरू वर्षायाममा विस्थापित हुने गरेको प्रवक्ता श्रेष्ठ बताउनुहुन्छ ।

गृहमन्त्री रामबहादुर थापाले गत आर्थिक वर्ष २०७५र२०७६ मा नेपालको पूर्वपश्चिम–उत्तरदक्षिण नाकामा पाँच सय वटा बीओपी राख्न सरकारसँग प्रस्ताव पेश गर्नुभएको थियो । बीओपीको सङ्ख्या १०७ रहेको थियो । आर्थिक वर्ष २०७६र७७ मा २६ नयाँ थपिएको आजको गोराखपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्