सोमबार हवाई मार्गबाट ६०४ जना स्वदेश फिर्ता

फाइल तस्वीर

काठमाडौं, असार १६ । विभिन्न मुलुकमा अलपत्र परेका ६०४ जना नेपाली सोमबार नेपाल फर्केका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार सोमबार कतारबाट १५१ जना मलेसियाबाट गरी २९६ र कुवेतबाट १६० जना नेपाली स्वदेश फार्किएका हुन् ।

त्यस्तै, कतारबाट सोमबार एक जना नेपाली नागरिकको शव पनि ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।जसमध्ये प्रदेश १ का १२० जना, प्रदेश २ का १२४ जना, बाग्मती प्रदेशका १३५ जना, गण्डकी प्रदेशका ६२ जना, प्रदेश ५ का ११६ जना, कर्णाली प्रदेशका २१ जना र सुदूरपश्चिम प्रदेशका २६ जना स्वदेश फर्किएको जनाइएको छ ।

नेपाल फर्केका सबैलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको जनाइएको छ ।लकडाउनको समय भए पनि अत्यावश्यक स्थानीय उडान स्वदेशभित्र सोमबार चार वटा उडान भएको विमानस्थलले जनाएको छ ।

विदेशबाट नेपाली नागरिक ल्याउने क्रममा मङ्गलबार नेपाली नागरिक ल्याउन १२ वटा फ्लाइट आउने तयारी रहेको त्रिभुवन विमानस्थलले जनाएको गोराखपत्र दैनिकमा खवर छ ।