Logo

बन्दिपुरमा थप ९ जनामा कोरोना सङ्क्रमण



तनहुँ, १६ असार । तनहुँको बन्दिपुर गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या २० पुगेको छ । सोमबार थप नौ जना थपिएपछि २० पुगेको हो । बन्दिपुर अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मी र भारतबाट आई क्वारेन्टाइनमा बसेका चार जना गरी नौ जनामा कोरोना सङ्क्रमण देखिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।

यसअघि ११ जनामा कोरोना पुष्टि भएको थियो । तनहुँमा सोमबार बन्दिपुरमा थप नौ जनामा कोरोना सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या ११६ पुगेको स्वास्थ्य कार्यालय, तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्