काठमाडौ, १६ असार । आइतवार विहान स्टार अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट स्थायी घर भएका पुरुषमा सोमवार कोरोना पुष्टि भएको हो । उनको स्वाबको नमूना परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिषठनमा लगिएको थियो । उनीसंगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । मृतकलाई श्वास–प्रश्वासमा समस्या भएपछि असार १३ गते रौतहतवाट काठमाडौं ल्याइएको थियो । उनमा तीन महिनादेखि फोक्सोमा समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमवार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । ती मध्येमा १५ सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुष छन् ।
सोमवार थप १ सय २१ जना निको भई बिभिन्न अस्पालहरुवाट निको भएका छन् । यो सहित नेपालमा कोरोनावाट निको हुनेको संख्या ३१ सय ३४ पुगेको छ । ती मध्ये महिला २ सय ६८ र पुरुष २८ सय ६६ जना छन् ।
पछिल्लो चौविस घण्टामा थप ७ हजार ७ सय ९१ वटा नमूनाको पिसिआर विधिवाट परिक्षण भएको थियो । हाल क्वारेन्टिनमा ५७ हजार ३ सय ६७ जना क्वारेन्टिनमा छन् भने १० हजार ८५ जना आइसोलेसनमा रहेको खबर आजको नागरिक दैनिकले प्रकाशन गरेको छ ।