Logo

हवाई सेवा र सार्वजनिक यातायात साउनपछि, स्कुल कलेजको सञ्चालन भदौ लाग्ने



काठमाडौं, १६ असार । सरकारले लकडाउन ७ साउनसम्मलाई लम्ब्याएको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो । आपूर्तिमन्त्री लेखराज भट्टले हालको अभ्यासलाई निरन्तरता दिदै लकडाउन ७ साउनसम्मका लागि लम्ब्याइएको जानकारी दिए ।

लकडाउनमा जोरबिजोर निजी सवारी र अत्यावश्यक सेवा सञ्चालन गर्न दिइएको छ । तर, हवाई सेवा र सार्वजनिक यातायात अझै सञ्चालनमा नआउने भएको छ । ७ साउनसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउने छैन । चाटर्ड र अत्यावश्यक सेवाका उडानमात्र अनुमति लिएर सञ्चालन गर्न दिइनेछ ।

विद्यालय र विश्वविद्यालयहरु अझै खुल्ने छैनन् । यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भदौयता स्कुल कलेज नखोलिने बताइसकेका छन् । दुरशिक्षा र अनलाइन शिक्षाबाट पठनपाठन शुरु गरिएको छ ।

मनोरञ्जनस्थलहरु अझै सञ्चालनमा आउने छैनन् । खेल स्थल पनि खोलिएका छैनन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्