Logo

सार्वभौम देशको कार्यकारी प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय



काठमाडौं, असार १६। भारतका लागि पूर्व नेपाली राजदूत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी बोलेर अपरिपक्वता प्रदर्शन गरेको बताएका छन् । प्रधानमन्त्री ओलीको कुटनीतिक अपरिपक्कताले नेपालको विदेश नीतिमा दूरगामी असर पार्ने उपाध्यायको भनाई छ ।

उनले प्रधामन्त्री ओलीले आफु र सरकारमाथि भइरहेको जनविरोधको ध्यान मोड्न भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउने षडयन्त्र गरिरहेको भनेर अभिव्यक्ति दिनु गलत भएको धारणा राखे ।पत्रकार ऋषि धमलासंगको अन्र्तवार्तामा उनले सार्वभौम देशको कार्यकारी प्रधानमन्त्रीले यसरी जथाभावी बोल्दा नेपालको कुटनीतिक क्षमतामा प्रश्न उठेको दाबी गरेका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीको परिपक्क कुटनीति भएन । ज्यादै अपरिपक्क भयो । कुनै पनि प्रधानमन्त्रीले यसरी कुनै पनि राष्ट्रलाई विना प्रमाण आरोप लगाउन मिल्दैन । उहाँले जनतालाई झुक्याउन खोज्दा यसको दुरगामी असर पार्छ । यसलाई उहाँले र उहाँको पार्टीले सच्याउनुपर्छ ।’

आफुलाई हटाउने विषयमा चलखेल भएको भए नेपालमा रहेको भारतीय राजदूतलाई बोलाएर कुरागर्नु उचित हुनेथियो भन्दै परराष्ट्रमन्त्रालय र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारको पनि कम्जोर देखिएको उनको भनाई छ ।

अहिले जस्तो जटिल परिस्थिति र सीमाका सम्बन्धमा राष्ट्र एकमत भएको समयमा वार्ताको प्रक्रिया अगाडी बढाउनु पर्नेमा ओलीले भारतसँग छायाँ युद्ध गर्न खोजेर प्रमाण विनाको लान्छना लगाउनु गलत भएकाले यो विषयमा अरु पार्टीहरुले पनि छलफल गर्नुपर्ने उपाध्यायले जानकारी गराए ।

उनले भने ‘प्रधानमन्त्रीका विषयमा नेकपाले सोच्नुपर्छ । कांग्रेसले पनि यो विषयमा धारणा बनाउनुपर्छ । सत्तापक्ष गम्भिर भएन भने देश दुर्घटनामा जान्छ । भारतसँग सम्मानजनक ढंगको वातावरण बनाउनुपर्ने थियो । त्यो भएन । नेपाल भारतको सम्बन्ध दुवै देशलाई आवश्यक छ । नेपाल र भारत सम्बन्ध शुन्य प्वाइन्टमा पुर्याउनु भयो प्रधानमन्त्रीले । वार्ताको वातावरण नेपालले नै विगारेको छ ।’

क्जबचभ तजष्कस्



प्रतिक्रिया दिनुहोस्