Logo

गण्डकीका चार जिल्लामा थपिए १७ कोरोना संक्रमित



पोखरा, असार १५। गण्डकी प्रदेशका चार जिल्लामा मंगलबार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण भएको पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयअनुसार आज कोरोना पुष्टि भएका मध्ये कास्कीका ८ जना, तनहुँका ५ जना,लमजुङका ३ जनामा र स्याङ्जाका एक जनामा आज कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ जना पुगेको छ । प्रदेशमा हालसम्म २ सय १४ जना कोरोना जितेर घर फर्किएका छन् भने दुई जनाको कोरोना उपचारकै क्रममा मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्