Logo

मनोहरा खोलाबाट बालुवा चोरी गर्दैगर्दा पक्राउ



काठमाडौं, १६ असार । खोलाबाट बालुवा चोरी गरेको अभियोगमा बुद्ध लामा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका जडिबुटीस्थित मनोहरा खोलाबाट बालुवा चोरी गरेको अभियोगमा काठमाडौं महानगरपालिका पेप्सीकोला बस्ने काभ्रे नमोबुद्ध नगरपालिका घर भएका तामाङलाई पक्राउ गरेको हो ।

उक्त खोलामा बा.२ क ९११ नम्बरको मिनी टिपरमा बालुवा लोड गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी टिपर सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्