Logo

स्रोत नखुलेको नगद सहित पक्राउ



काठमाडौं, १६ असार । स्रोत नखुलेको नगद सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका कुलेश्वरबाट स्रोत नखुलेको नगद ६५ लाख ८ हजार रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका कुलेश्वर बस्ने बारा जितपुर घर भएका रमेश सिंह र काठमाडौं कुलेश्वर बस्ने भारत घर भएका रवि शंकर सिंह रहेका छन् । उक्त स्थानमा अवैध नगद कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्