Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, १६ असार । अवैध लागूऔषध सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तनहुँ आँबुखैरेनी गाउँपालिका मुग्लिन पुलबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ३ सय ग्राम सहित कास्कीका तेज बहादुर गुरुङ समेत ४ जनालाई पक्राउ गरेको हो ।

उक्त पुल नजिक सडकमा रोकी राखेको ग.१५ प ६६४० नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारेपछि तथा निजसँगै रहेका अन्य ३ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका डेरा गरी बस्ने बैतडी पाटन नगरपालिका घर भएका रबिन पाण्डेयलाई अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ५० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको डेरा कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्