Logo

प्रियंका र सलोनको ‘लक्का जवान’



काठमाडौ, १६ असार । अभिनेत्री प्रियंका कार्की र अभिनेता सलोन बस्नेतले अभिनय गरेको फिल्म ‘लक्का जवान’ रिलिजको क्रममा छ । रिलिजको मिती घोषणा गरेका धेरै चलचित्रहरुले लकडाउनको कारण नोक्सान व्योर्होनु परेको छ ।

लकडाउन सकिएसँगै फिल्म रिलीज गर्न निर्माताहरुको होडबाजी नै चल्ने भएको छ । अभिनेता सलोन बस्नेतका सोलो अभिनय रहेको कुनै पनि चलचित्रले सफलता पाउन सकेको छैन् । सलोनले अभिनय गरेको चलचित्र ‘बाबु कान्छा’, ‘सुश्री सम्पती’ आदीले खासै सफलता नपाएपनि उनी भने अब आउने फिल्म राम्रो हुनेमा विस्वस्त छन् ।

नेपाली फिल्मकी चर्चित नायिका प्रियंकाको अभिनय रहेकोे फिल्म ‘लक्का जवान’ ले भने लकडाउनमा आत्तिएका दर्शकहरुलाई भरपुर मनोरन्जन दिने विश्वास गरेका छन् । प्रियंकाले आज इन्स्टाग्राममा सलोनसँगको आकर्षक तस्वीर राख्दै सलोनसँग काम गर्न रमाइलो हुने भन्दै अर्को रिलिज हुन बाकी फिल्म ‘लक्का जवान’ लेखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्