Logo

‘ओलीको राजीनामा माग’ भारतीय मिडियामा



काठमाडौं, १६ असार । भारतको मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीको उनको दल नेपाल कम्युनिस्ट पार्टीभित्र राजीनामा मागिएको विषयले अन्तर्राष्ट्रिय चर्चा पाएको छ । स्थायी कमिटि बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष बामदेव गौतमले राजीनामा दिएको विषय चासोमा परेको छ ।

भारतीय मिडियाले ओलीको राजीनामा जोडतोडले उठेको विषय प्रकाशमा ल्याएको छ । मङ्गलबार ओलीले पार्टी बैठकमा ठुलो चुनौती झेलेको र उनीमाथि सत्ता छाड्न दबाब बढेको हिन्दुस्तान टाइम्सले लेखेको छ । गत हप्ता ओलीले नयाँ दिल्लीमाथि आफूलाई सत्ताबाट हटाउन षड्यन्त्र गरेको समेत उल्लेख गरेको छ ।

टाइम्स अफ इन्डियाले नयाँ नक्शा जारी गरेपछि ओलीलाई ब्याकफायर भएको लेखेको छ । उनको आफ्नै पार्टीका शिर्ष नेताहरुले राजीनामा मागेको उल्लेख गरिएको छ । स्थायी कमिटि बैठकमा प्रचण्डले उनको राजीनामा मागेको समाचारमा भनिएको छ । प्रचण्डले भारतमाथि ओलीले सत्ता ढाल्न षड्यन्त्र गरेको भन्ने आरोप लगाउनुलाई राजनीतिक रुपमा गलत र कुटनीतिक रुपमा अनुपयुक्त भनेका छन् ।

इन्डियन एक्सप्रेसले स्थायी कमिटिका शक्तिशाली नेताहरुले ओलीको राजीनामा मागेको लेखेको छ । भारतले ओलीको सत्ता ढाल्न खोजेको हो भने प्रमाण पुर्याउनुपर्ने होइन भने राजीनामा दिनुपर्ने माग राखेको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्