Logo

दुई सय रुपैयाँको दही चोर पत्ता लगाउन ७० हजार खर्च



काठमाडौं, असार १६ । सुन्दा अचम्म लाग्न सक्छ तर ताइवानमा भने दही चोरलाई पक्रिन डीएनए टेष्ट गरिएको खबरले चर्चा पाएको छ ।

नाम नखुलाइएकी चिकित्साशास्त्र अध्ययन गरिहेकी एक छात्राले आफ्नो फ्रिजबाट दही चोरी भएको उजुरी प्रहरीमा दर्ता गराउदा प्रहरीले चोर पत्ता लगाउन सम्भावित अभियुक्तका औँठाछाप देखि डिएनए परीक्षण समेत गर्न भ्याएको छ ।

अझ अचम्मको खरव त के छ भने उक्त दहि र डिएनएको परीक्षणको मुल्यमा हजारौ रुपैयाँको फरक रहेको छ । प्रहरीको उक्त कार्यपछि आलोचित बनेको ताइवानको प्रहरीले अन्ततः अनुसन्धान भने सफल पारेरै छोडेको छ ।

घटना अनुसार स्थानिय चाइनिज कल्चरल युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीले आफ्नो फ्रिज भित्र राखेको दहीको बोतल नदेखेपछि सँगै बस्ने अरु ५ जना सहपाठीलाई दहि खाएको बारेमा सोधिन । तर कसैलेपनि आफुलाई थाहा नभएको जानकारी गराए ।

उनलाई आफ्ना साथीमाथि विश्वास नलागेपछि फोहोर फाल्ने भाँडोमा हेर्दा उक्त दहीको खाली बोतल देखेपछि उनको कन्सरो तात्दा प्रहरीमा उजुरी गरेकि थिइन ।

प्रहरीले उक्त घटनाको छानविनमा सक्रिय हँुदा उक्त फालेको दहिको खालि भाँडो बरामद ग¥यो ।अनि उक्त बोतलमा रहेका औँठा छापको जाँच गर्ने प्रयासमा जुट्यो ।

तर त्यसबाट पनि प्रतिफल नमिलेपछि पुलिसले डिएनए परीक्षण गर्ने निधो गरेको समाचारमा उल्लेख छ । सहपाठी पाँचै जनाको डीएनए परीक्षण पश्चात अन्ततः दही चोरेर खाने मान्छे को रहेछ भन्ने पत्ता लगाउन प्रहरी सफल बनेको खवर ताइवानी अनलाई सञ्चार माध्ययमले प्रष्ट पारेका छन ।

अझ रोचकको कुरा के भने उक्त घटनाको अनुसन्धान गर्न प्रहरीलाई १८ हजार ताइपेइ डलर अथार्त ७० हजार नेपाली रुपैयाँ खर्च गर्नु परेको छ । जवकी चोरेर खाएको दहिको मुल्य ५९ ताइपेइ डलर अर्थात दुई सय रुपैयाँ रहेकोे थियो ।
एजेन्सी ।



प्रतिक्रिया दिनुहोस्