Logo

सेल्फी लिने शौखमा लामो हात बनाएपछि…



आजभोली सेल्फी लिने शोख मानिसहरुमा अत्यधिक बढ्दै गएको छ । कोही पनि मानिसहरुले राम्रो स्थानमा सेल्फी लिन बाकी राख्दैन् । जापानमा एक मानिसले सेल्फी खिच्ने होडमा यस्तो पनि गरेका छन् । जुन घटना सुनेर तपाइँ आश्चर्य मान्नु हुनेछ ।

राम्रो सेल्फी लिनलाई सेल्फी स्टिकको आवश्यकता पर्छ र ती व्यक्तिले सेल्फी लिनलाई आफ्नो हात नै लामो बनाएका छन् । वास्तवमा मनसुन नामको यी व्यक्तिले आफ्नो हात लामो बनाएका होइनन्, तर लामो हात जस्तो देखिने सेल्फी स्टिक बनाएका हुन् । यसलाई पहिलो पटक देख्ने जो कसैले पनि आश्चर्य मान्ने गर्छ । मनसुनले सेल्फी लिनकै लागि आफुले त्यस्तो गज्जबको स्टिक बनाएको बताएका छन् । लामो हातलाई लामो टिर्शट लगाएर छोपेमा स्टिक नभई हात जस्तै देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्