Logo

महानिरीक्षक बन्न थापा र पालको दौडधुप



काठमाडौं,असार १७ । प्रहरी महानिरीक्षक (आईजीपी) बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको दौडधुप शुरु भएको छ ।प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा हदका कारण यही असार २४ गते अनिवार्य अवकाश पाउदैछन् ।

ज्ञवालीको अवकाशपछि २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहबाट एक जनाले २८औं महानिरीक्षक बन्ने अवसर प्राप्त गर्नेछन् । अबको आठ दिनपछि नेपाल प्रहरीको नयाँ महानिरीक्षक बन्न अहिलेका एआईजीहरुले आ–आफ्नो पक्षमा लबिङलाई तीव्रता दिएका छन् ।

हाल नेपाल प्रहरीमा तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका छन् । उनीरुमध्ये लम्साल आईजीपी ज्ञवालीकै ब्याचका अधिकृत हुन ।

त्यसैले क्षेत्री र पाल अब महानिरीक्षक बन्ने दौडमा रहेका छन् । उनीहरुमध्ये एक जनाले १८ वैशाख २०७९ सम्म नेतृत्व सम्हाल्नेछन् ।

आईजीपी नियुक्तिको समय नजिकिँदै गर्दा एआईजीद्वयले आ–आफ्नो पक्षमा लबिङ तीव्र बनाएका छन् । यद्यपि सरकारले यसबारे ठोस छलफल गरेको छैन ।नेपाल समाचारपत्र दैनिकबाट
संगठनमा थापाको बौद्धिक र इमानदार अधिकृतको छवि छ भने पाल अपरेसन र कमान्ड कन्ट्रोलमा बलिया अफिसरका रुपमा चिनिनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्