Logo

प्रतिनिधि सभाको बैठकमा आज ओलीको चर्काे आलोचना हुने



काठमाडौं, असार १७। आज प्रधानमन्त्री केपी शर्मा ओलीको संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा भारत सम्वन्धी अभिव्यक्ति कारण चर्को आलोचना हुने भएको छ ।

ओलीको भनाईले राष्ट्रको सार्वभौमिकता, उनको पदिय मर्यादा र कुटनीतिक क्षेत्रमा नकारात्मक असर परेको भन्दै सांसदहरुले आलोचना गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले केही दिन अगाडी भारतले आफुलाई हटाउन लागेको र त्यसका लागि देश भित्रकै नेताहरु परिचालित भएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई पार्टीभित्रै अन्तर विरोध बढेको छ । उनको भनाई कर्सी जोगाउनु मात्रै भएको भन्दै भारतलाई आरोप लगाएर सक्ता बचाउन लागेको नेकपाका भित्रैका नेताले असुन्तिष्ठि जनाइरहेका छन् ।

उनको अभिव्यक्तिको सर्वत्र आलोचना भइरहेको र अभिव्यक्तिप्रति माफी माग्नु पर्ने दवाव बढीरहेका बेला संसदमा पनि यो विषय प्रवेश गर्ने भएको हो ।

दिउसो १ः०० बजे पछि बस्ने बैठकमा सभामुख अग्नी सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनु हुने भएको छ।

त्यसैगरी विभिन्न प्रतिवेदन तथा विधेयकहरु पनि आजको बैठकमा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्