Logo

गुल्मीमा थप ३७ जनामा कोरोना पुष्टि



गुल्मी, असार १७ । गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रादेशिक प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मी दरबार गाउँपालिकामा २१ जना र रूरूक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेका छन् । जिल्लामा संक्रमित ३ सय २४ जना पुगेका छन् भने ४२ जना कोरोनामुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्