Logo

प्रचण्ड,नेपाल र खनाल एकजुट भएर ओलीलाई हटाएरै छाड्ने मनस्थितीमा



काठमाडौं, असार १७ । नेपाल कम्युनिष्ट पाटी (नेकपा)भित्रको कलह वारपारको स्थितिमा पुगेको छ । पार्टीभित्र आन्तरिक कलह चर्किएपछि अध्यक्ष प्रचण्ड,बरिष्ठ नेता माधव नेपाल,झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएरै छाड्ने मनस्थितीमा पुगेका छन् ।

मंगलबारको स्थायी कमिटि बैठकमै नेताहरुबी चर्काचर्कीसंगै प्रम ओलीको राजीनामा समेत मागिएको छ । प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र सरकारका काम कारवाहीलाई लिएर नेकपाभित्र तीब्र असन्तुष्टि बढेको छ। ओलीको भनाईले राष्ट्रको सार्वभौमिकता, उनको पदिय मर्यादा र कुटनीतिक क्षेत्रमा नकारात्मक असर परेको भन्दै सांसदहरुले आजको प्रतिनीधि आलोचना गर्ने तयारीसमेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्